काठमाडौं । जिल्लाको चौदण्डी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आज आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र चौधरीसहित चार वटा घर जलेर नष्ट भएको छ । भोला चौधरीको गोठको भुसको खरानी फाल्ने क्रममा भुसमा रहेको आगो सल्केर घर बाहिर फैलिएपछि आगलागी शुरु भएको अन्य घर पनि जल्न पुगेको हुनसक्ने वडाध्यक्ष चौधरीले बताउनुभयो ।
चार घर जलेर नष्ट हुँदा सो घरमा रहेको अन्न, लत्ताकपडा, नगद, भाडाँकुडासहित घरभित्रका सबै वस्तु जलेर नष्ट भएको उहाँले बताउनुभयो । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार आगलागी हुनासाथ इलाका प्रहरी कार्यलय बेल्टार सशस्त्र प्रहरी बेल्टार र जिल्लाबाट प्रहरी घटनास्थल पुगेर चौदण्डी नगपालिकाको बारुणयन्त्र प्रयोग गरेर तीन घण्टामा आगलागी नियन्त्रण गरिएको हो ।
प्रहरी र स्थानीयवासीको सक्रियताको कारण चार घर जलेर नष्ट भए पनि अन्यत्र आगो फैलन नियन्त्रण गरिएको प्रहरी प्रमुख दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि