काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको शपथ ग्रहण कार्यक्रममा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले बीमा समितिले आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने बताउनुभएको हो ।
सचिव पुडासैनीले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । “कोरोना बीमाको दाबी गर्नेलाई भुक्तानी गर्नु तथा रकमको व्यवस्थापनमा चुनौती रहेको छ”, उहाँले भन्नुभयो । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीलाई पारदर्शी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू कटिबद्ध भए लाग्ने बताउनुभयो । “नीतिगत कुरालाई अगाडि बढाउन मन्त्रालयको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र