काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको शपथ ग्रहण कार्यक्रममा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले बीमा समितिले आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने बताउनुभएको हो ।
सचिव पुडासैनीले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । “कोरोना बीमाको दाबी गर्नेलाई भुक्तानी गर्नु तथा रकमको व्यवस्थापनमा चुनौती रहेको छ”, उहाँले भन्नुभयो । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीलाई पारदर्शी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू कटिबद्ध भए लाग्ने बताउनुभयो । “नीतिगत कुरालाई अगाडि बढाउन मन्त्रालयको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु