‘म यौन हिंसाबाट गुज्रिएर आएकी हुँ’

एजेन्सी

मंगलबार, २० माघ २०७७, १२ : ४५
‘म यौन हिंसाबाट गुज्रिएर आएकी हुँ’

एजेन्सी । अमेरिकी सांसद एलेक्जान्ड्रिया ओकासिया–कोर्टेज (एओसी) ले आफू यौन हिंसाबाट गुज्रिएको खुलाएकी छन् ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभकी डेमोक्र्याटिक सदस्य एओसीले स्थानीय समय अनुसार सोमबार राति भएको इन्स्टाग्राम लाइभको क्रममा आफूमाथि यौन हिंसाबाट गुज्रिएको खुलाएकी हुन् । आफू यौन हिंसाबाट गुज्रिएर आएको घटना खुलाए पनि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेकी छैनन् ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले जनवरी ६ मा संसद भवनमा गरेको आक्रमणको लगातार निन्दा गर्दै आएकी एओसीले केही दिन पहिले रिपब्लिकन सिनेटर टेड क्रुजले एक नीतिगत कुरामा सहमति जनाएका थिए । त्यसपछि एओसीले ‘जनवरी ६ मा झण्डै आफ्नो हत्या’ गरेको भन्दै क्रुजको ट्वीट रिट्वीट गरेकी थिइन् । सो ट्वीटपछि क्रूजका समर्थकहरुले एओसीले माफी माग्नु पर्ने माग गर्दै आएका छन् ।

चुनावमा धाँधली भएको प्रमाण बिहीन आरोपमा ट्रम्पलाई टेड क्रुजले साथ दिएको र सोही सन्दर्भलाई जोडेर एओसीले ‘झण्डै हत्या’ को प्रशंग जोडेकी हुन् ।

एओसीले इन्स्टाग्राम लाइभको क्रममा आफू यौन हिंसा जस्तो दुर्व्यवहारबाट गुज्रिएर आएकाले संसद भवनमा भएको जस्ता हिंसाका घटनाबाट अत्तालिने र आतंकित हुने गरेको बताएकी हुन् ।

आफूले विगतमा भोगेको हिंसाको कुरालाई संसद भवनमा भएको आक्रमणसँग जोडेको भनेर आफ्नो आलोचना हुने थाहा रहेको बताउँदै एओसीले त्यसको कुनै परवाह नरहेको उल्लेख गरिन् ।

एओसी डेमोक्र्याटिक पार्टी भित्रकी ‘राइजिङ्ग स्टार’ हुन् । उनी सन् २०१८ मा सांसदमा निर्वाचित भएकी हुन् ।


 

प्रतिक्रिया दिनुहोस