विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

रासस

शनिबार, १७ माघ २०७७, ०८ : ५१
विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

काठमाडौं । पाठ्यक्रम  तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमित गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

यसरी तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रँवधान हटाएर सामाजिक अध्ययन तथा जीवनपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस