काठमाडौं । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा सुखद नतिजा निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक÷एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक÷एक ह्याट्रिक गरेका छन् ।
पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो । यस अघि सम्पन्न दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग १–१ गोलको बराबरी र एपीएफसँग ७–० ले पराजित भएको थियो ।
तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।
उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७–१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६–० ले पराजित भएको थियो । बुधबारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक नै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स बराबरीमा रोकियो
एमबाप्पेको दुई गोल
चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई
सन्दीप गए पिएसएल खेल्न पाकिस्तानतर्फ
शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै
व्यास गुफा र तनहुँसुरलाई जोड्न हाफ म्याराथन हुने