जनता समाजवादी पार्टी विभाजन हुने गरि तानाबाना बुन्दै प्रधानमन्त्री ओली

जसपाका नेतालाई समेत समेटेर मन्त्रिमण्डल फेरि पूर्नगठन गर्ने तयारीमा कामचलाउ प्रधानमन्त्री केपी ओली

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ०९ : २८
जनता समाजवादी पार्टी विभाजन हुने गरि तानाबाना बुन्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नै निर्णयका कारण कामचलाउ भईसकेका छन् । उनले स्वीकार गरुन् या नगरुन प्रतिनिधीसभा विघटन पछि उनी पनि प्रतिनिधीसभा सदस्य नरहेकोले उनी नेतृत्वको सरकार असम्वैधानिक भन्न सक्नु पर्यो होइन भने उनी नेतृत्वको सरकार कामचलाउ भईसकेको स्वीकार गर्नुपर्ने हुन्छ । संविधानले प्रतिनिधीसभा सदस्य नरहेको ब्यक्ति प्रधानमन्त्री हुन पाउने गरी कुनै परिकल्पना गरेको छैन् ।

चुनावी सरकार बन्न सक्छ, तर त्यो कामचलाउका रुपमा हुन्छ । यस्तो सरकारले दुरगामी महत्वका निर्णय गर्न पाउँदैन । क्याबिनेट पनि हेरफेर गरीरहन पाउँदैन । तर प्रधानमन्त्री केपी ओली आफुलाई मन लागेको काम संविधानले दिओस्÷ नदिओस् बेपरवाह तालले गर्दै अगाडी बढिरहेका छन् । आफ्नो सत्ताको आयु लम्ब्याउन कमजोर धरातलमा पुगेपनि आफ्नो साख बचाउन र दुनियाँका अगाडी आफ्नो शक्ति बलियो छ भनेर देखाउनका लागि उनले अहिले अनेक तिकडम, जालझेल गर्दै अगाडी बढिरहेका छन् ।

सबैभन्दा बढी सांसद उमाशंकर अरगरियासँग भएको बालुवाटार स्रोतले बताएको छ । केही दिनभित्रै आफ्नो क्याबिनेटबाट एक जना मन्त्रीलाई झिक्ने र उमाशंकर अगरियालाई मन्त्रीका रुपमा क्याबिनेटमा लगेर समाजवादीलाई झट्का दिएर राजनीतिक सन्देश आफ्नो पक्षमा पार्ने रणनीतिमा अहिले प्रधानमन्त्री केपी ओली जुटेका छन् । त्यसका लागि उमाशंकर अगरियालाई रिझाउने काममा यतिबेला प्रधानमन्त्री निकटका नेताहरु कम्मर कसेर लागेका छन् ।

त्यही क्रममा उनले फेरि जनता समाजवादी पार्टी विभाजन गर्ने गरी तानाबाना बालुवाटारको खोपीभित्र बसेर शुरु गरिसकेको उनी निकट एक स्रोतले सफलखवरलाई बताएको छ । गत वैशाखमा पनि पार्टीभित्र अप्ठयारो आईलाग्ने देखेपछि उनले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने मात्र काम गरेनन्, आफु निकट नेता महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सम्मलाई प्रयोग गरेर सांसद अपहरण सम्मका घटना घटाउन लागि परे ।

चौतर्फी विरोध पछि ओली त्यसबेला आफैले ल्याएको अध्यादेशवाट पछि हटेका थिए । तर अहिले फेरि पार्टीमा आएको विभाजन पछि र मधेसमा निक्कै कमजोर बनेको अवस्थालाई फेरि सबल बनाउनका लागि उनले अनेक दाउपेच थालेका छन् । मधेसका सभाहरुमा आफ्नो कार्यक्रममा उपस्थितीको संख्या नै नगन्य मात्रामा हुन थालेपछि ओलीले दैनिक २ सय र खाजा खान दिने भन्दै मान्छेहरु ल्याउने गरेको रहस्य खुलिरहेका बेला अहिले जसपाका केही नेतालाई फकाएर पार्टी प्रवेश गराउने र मन्त्री दिने सम्मका प्रलोभन थालिसकेका छन् ।

यसका लागि उनले आफ्नो सचिवालयका केही नेतालाई भित्रियाका रुपमा प्रयोग गरेका छन् । विघटित प्रतिनिधीसभाका सांसद समेत रहेका समाजवादीका नेताहरु मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, रेनुका गुरुङ, सुरेन्द्र यादव, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा, उमाशंकर अरगरिया लगायतका नेताहरुसँग ओली पक्षका नेताहरुले सम्वाद थालिसकेका छन् ।

त्यसक्रममा सबैभन्दा बढी सांसद उमाशंकर अरगरियासँग भएको बालुवाटार स्रोतले बताएको छ । केही दिनभित्रै आफ्नो क्याबिनेटबाट एक जना मन्त्रीलाई झिक्ने र उमाशंकर अगरियालाई मन्त्रीका रुपमा क्याबिनेटमा लगेर समाजवादीलाई झट्का दिएर राजनीतिक सन्देश आफ्नो पक्षमा पार्ने रणनीतिमा अहिले प्रधानमन्त्री केपी ओली जुटेका छन् । त्यसका लागि उमाशंकर अगरियालाई रिझाउने काममा यतिबेला प्रधानमन्त्री निकटका नेताहरु कम्मर कसेर लागेका छन् । उनलाई कुन मन्त्री दिएर पार्टी प्रवेश गराउने र कसरी सरकार पूर्नगठन गर्ने भन्ने अन्तिम तयारीमा यतिबेला बालुवाटार जुटेको स्रोतको भनाई छ ।

उमाशंकर अहिले आफ्नै निर्वाचन क्षेत्रमा समेत कमजोर देखिएका छन् । जसपाले अबको निर्वाचनमा उनलाई टिकट नदिने देखेपछि उनले पार्टी परिवर्तन गर्ने र मन्त्री पद पड्काउने योजना बनाएको हुन सक्ने अनुमान जसपाभित्र पनि लगाउन थालिएको छ । उमाशंकरसँग यस विषयमा कुरा गर्न खोज्दा उनको मोवाइलमा सम्र्पक गर्दा सम्पर्क हुन सकेन भन्ने सन्देश आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस