शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट कोरोना खोप अभियान सुरु गरिने

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १३ : ००
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट कोरोना खोप अभियान सुरु गरिने

काठमाडौं । कोरोना खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए । 
कोरोनाविरुद्धको पहिलो खोप पनि अस्पतालका निर्देशक डा. राजभण्डारीले लगाउने छन् । यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ  । 
टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने निर्देशक डा.भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस