महान्यायाधिवक्ता खरेलले इजलासमा पेश गरे प्रतिनिधि सभा विघटन सूचनाको राजपत्र

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १२ : १४
महान्यायाधिवक्ता खरेलले इजलासमा पेश गरे प्रतिनिधि सभा विघटन सूचनाको राजपत्र

काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशित भएको राजपत्र खोजेपछि आज बहस शुरु हनासाथ महान्यायाधिवक्ता अग्नि खरेलले इजलास समक्ष पेश गरेका छन् । 

बिहीवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताले प्रश्न उठाएका थिए ।  राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए । खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिनुपर्‍यो ?’ भनेर प्रतिप्रश्न गरेका थिए । 

न्यायाधीश सिन्हाले प्रश्न उठेपछि आफूले पीएलाई वेबसाइटमा भए नभएको हेर्न लगाएको बताए । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिनको सुनुवाइ शुरू भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।  छैटौं दिनको सुनुवाइको शुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस