निगमको रक्सौल डिपो बन्द

पत्रपत्रिकाबाट

मंगलबार, ०६ माघ २०७७, ०८ : २३
निगमको रक्सौल डिपो बन्द

काठमाडौं । रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो । 

जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण रूपमा सञ्चालन भएपछि रक्सौल डिपोको औचित्य समाप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

तीन वर्षअघि नै नेपाल र भारतका मन्त्री तथा सचिवस्तरीय बैठकमा रक्सौल डिपो हटाउने सहमति भएको थियो । हवाई इन्धन पाइपलाइनबाट ल्याउन नथालिएकाले तत्कालका लागि हवाई इन्धन मात्र रक्सौल डिपोबाट ल्याइनेछ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस