काठमाडौँ । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग अलग तीन कृति बजारमा आएका हुन् ।
सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्धहरु सङ्ग्रहित छन् । परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस्तक संसार रहेको छ ।
चालिसे नेपाली साहित्यमा मूलत कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुन् । उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आएका छन् । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उहाँका करीब ६ दर्जन कृति प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
शान्तिराम र रजनीलाई जसराज प्रतिभा पुरस्कार
केशव घिमिरेको उपन्यास ‘रूपिका’ लोकार्पण
‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानीलाई
गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा व्यापक वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै
भैरव अर्यालको प्रतिमा अनावरण