वासिङ्टन । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको छ ।
आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।
गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता बन्द गरिदिएका छन् ।
अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।
युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।”
ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् । (रासस–एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ पुस २०७७, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ भएको रिपोर्ट चाहिने
चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
अमेरिकाको ईतिहासमा कमला ह्यारिस उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति