दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिंदै

पत्रपत्रिकाबाट

विहीबार, १६ कार्तिक २०७४, ०७ : ०५
दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिंदै

प्रतिनिधिसमा र प्रदेशसभाको प्रत्यक्षतर्फको दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिदैछ । जिल्ला निर्वाचन कार्यालयहरुमा दल तथा स्वतन्त्र उम्मेदवारहरुले विहान १० बजेबाट मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

देशका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन सबै राजनीतिक दलहरुले उम्मेदवार टुंग्याएका छन् ।

उम्मेदवार मनोनयनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै सर्वाेच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्रको छपाइ काम भैरहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको आयोगले जनाएको छ । कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाइ सकिने बताइएको छ । उम्मेदवार मनोनयनका लागि अहिले ४५ जिल्लामा चलहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस