काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताउनुभयो । साविकको माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ पुस २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनतालाई एमाले उपाध्यक्षको प्रश्न- सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार ?
एमालेमा पृथ्वीसुब्बा गुरुङ ‘तानातान’ मा, गुरुङको चाहना महासचिव, ओलीले खोलेका छैनन् मुख
एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ