किन पुगे चार वटै सुरक्षा निकाय प्रमुख बालुवाटारमा ?

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १७ : १२
किन पुगे चार वटै सुरक्षा निकाय प्रमुख बालुवाटारमा ?

फाइल तस्विर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेपछि चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार पुगेका छन् ।  

प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख  गणेश अधिकारी बालुवाटार पुगेका हुन् ।

प्रतिनिधि सभाको विघटनपछिको घटनाक्रम र आगामी सुरक्षा रणनीतिबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाइएको अनुमान गरिएको छ । 

नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चारवटै सुरक्षा संगठनलाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस