निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेलिब्रेटीहरुको रोमाञ्चकारी भीडन्त

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १६ : ३५
निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेलिब्रेटीहरुको रोमाञ्चकारी भीडन्त

चितवन । चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेलिब्रेटीहरुको रोमाञ्चकारी भीडन्त हुनेभएको छ । माघ २४ गते गृष्मा ब्रोडकास्टिङलेले सेलिब्रेटीहरुको रोमाञ्चकारी भीडन्त गराउन लागेको हो । 

गायक प्रकास सपूत, तेक्वान्दो खेलाडी संगीना बैद्य, अभिनेत्री सुरक्षा पन्त, स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्री क्रिकेट मैदानमा उत्रनेछन् । सेलीब्रेटीहरुको दमदार भीडन्त हुने भएको छ । त्यसको लागि हामी सबैले आगामी माघ २४ गतेको प्रतीक्षामा रहनुपर्छ । 

गृष्मा ब्रोडकास्टिङले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन सेलीब्रेटीहरुको मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता गराउन लागेको हो । प्रतियोगितामा कलाकारहरुको तीन वटा समूह रहनेछ । 

अभिनेत्री बेनिसा हमाल, गायक प्रमोद खरेल, तेक्वान्दो खेलाडी दीपक विष्ट, गायिका स्मिता दाहाल, फुटबलर हरि खड्का, अनिल गुरुङ, संचारकर्मी नरेश भट्टराई, तेक्वान्दो खेलाडी संगीना बैद्य, हास्य कलाकार कुमार कट्टेल, बडी बिल्डर महेश्वर महर्जन, अभिनेता अनुपबिक्रम शाही पनि खेलमा सहभागी हुनेछन् । यस्तो रोमाञ्चकारी खेल हेर्न सबै दर्शक आतुर भएका छन् । 

क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद दासले सेलिब्रेटी टिमको कप्तानी हुनेछन् । उनीहरुसँगै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, करण केसी जस्ता क्रिकेटर पनि मैदानमा देखिनेछन् । रंगशाला निर्माण गरिरहेका धुमुर्स सुन्तली फाउन्डेसनका सीताराम कट्टेल र कुन्जना घिमिरे पनि सहभागी हुनेछन् । समग्रमा क्रिकेटर, अभिनेता, अभिनेत्री, कमेडियन, फुटबलर, तेक्वान्दो खेलाडी, गायिका, संचारकर्मीबीचको यो प्रतियोगिता रोमाञ्चकारी हुने आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे बताउँछन् ।

उनका अनुसार खेलमा प्रयोग हुने बल, ब्याट, जर्सी लगायतका खेल सामग्री सेलिब्रेटीहरुको हस्ताक्षरसहित बिक्रीका लागि फाउन्डेसनलाई प्रदान गरिन्छ । उनी भन्छन्, ‘यो मैत्रीपूर्ण रोमाञ्चकारी खेल हो, निर्माणाधीन क्रिकेट रंगशालालाई सहयोग गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस