संसदीय समितिको निर्देशन लत्याउँदै विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १९ : ३०
संसदीय समितिको निर्देशन लत्याउँदै विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजी बनाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए।

बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् ।

प्रतिक्रिया दिनुहोस