अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०६ : ४९
अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारले चलाउँदै आएको स्टिङ अप्रेसन गैरकानुनी भएको भन्दै दायर गरेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले २ पुस २०७४ मा अख्तियारको स्टिङ अप्रेसन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए । बुधबार भने पक्ष र विपक्षीबाट बहस सकिएपछि निसु (निर्णय सुनाउने) मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आगामी ८ पुसमा निर्णय सुनाउने मिति तोकेको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस