बेल्जियममा सांगीतिक कार्यक्रम

बुधबार, ३० फागुन २०७४, ०९ : ३३
बेल्जियममा सांगीतिक कार्यक्रम

काठमाडौँ । तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रमअन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको आयोजना गरेको छ ।

समाजले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बेल्जियमको ओस्टेन्डे शहरमा आयोजना गरेको सो कार्यक्रममा युरोपमा बसोबास गर्ने गुरुङ समुदायका चेलीको सम्मानार्थ विभिन्न सांगीतिक कार्यक्रमको आयोजनासमेत गरिएको समाजका महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा लोकगायक राजु परियार र कलाकार सुलेमान शंकर (इकु) ले आफ्नो प्रस्तुति दिनुभएको थियो । सोही अवसरमा समाजका अध्यक्ष जीवन तमुले चेली सम्मान कार्यक्रमले युरोपमा बस्ने गुरुङ समुदायबीच एकता कायम हुनाका साथै दुःख, सुख साटासाट गर्ने अवसर मिलेको बताउनुभयो ।

समाजले नेपालको तराई क्षेत्रमा शीतलहरमा परेका समुदायका लागि न्यानो कपडा वितरण लगायतका सामाजिक काम गर्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस