‘नेपालमा थप ८ वटा नयाँ भाषा थपिए’

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ११ : ०९
‘नेपालमा थप ८ वटा नयाँ भाषा थपिए’

काठमाडौँ । नेपालमा थप ८ वटा भाषाको संख्या बढेको छ ।  भाषा आयोगले गरेको अध्ययनले मुलुकमा थप ८ वटा भाषा पत्ता लगाएको हो । नयाँ थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् ।

२०६८ को जनगणना तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् ।‘नेपालमा बोलिने केही थप भाषाहरूको सम्बन्धमा जानकारी प्राप्त भएको भाषा आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको आर्थिक वर्ष २०७६-७७ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

भाषा आयोग, त्रिभुवन विश्वविद्यालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एवं अनुसन्धाताहरूको अध्ययनका आधारमा थप केही भाषाहरू अस्तित्वमा देखिएका छन् । यी भाषाहरूको विस्तृत अध्ययन हुनुपर्ने भाषा आयोगले जोड दिएको छ ।

आयोगले यसअघिको जनगणनामा देखिएका भाषाहरूको वक्ताहरूको वितरणलाई पुनस् सत्यापन गर्नुपर्ने बताएको छ । आयोगले भाषाको जनगणनाको तथ्यांकअनुसार जातजाति तथा भाषाका वक्ताहरूको विवरण ७ सय ५३ वटै स्थानीय तहमा पठाएको जनाएको छ । ‘

प्रतिक्रिया दिनुहोस