जिप त्रिशुलीमा खस्दा आमाछोरी सहित ३ जना बेपत्ता

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ०८ : ३६
जिप त्रिशुलीमा खस्दा आमाछोरी सहित ३ जना बेपत्ता

file photo

चितवन ।  प्युठानबाट काठमाडौं जाँदै गरेको जिप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन् । लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिन नजिकै त्रिशूलीमा खसेको हो ।

जिप खसेसंगै गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको  प्रहरीले जनाएको छ । खसेको जिप भने अहिले सम्म फेला नपरेको भनाई छ । 

दुर्घटनामा गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएका छन् । जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडेर बाँच्न सफल भएका छन् । उनको   पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस