बर्दिबासमा चर्किएको आन्दोलन साम्य हुने

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १९ : ४६
बर्दिबासमा चर्किएको आन्दोलन साम्य हुने

बर्दिबास । बर्दिबासमा ६ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको घटना सार्वजनिक भएलगत्तै दुई दिन चर्किएको आन्दोलन बल्ल साम्य हुने भएको छ ।

बालिकाका हत्यारा र बालिकाको न्यायका लागि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका संजय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्ने सहित र्सवपक्षीय समितिसंग सहमती पश्चात आन्दोलन साम्य भएको हो ।

बुधवार बर्दिबासमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र सुरक्षा निकायका प्रमुख र आन्दोलनकारीको तर्फबाट गठित भएको सर्वदलीय समितिसंग भएको  वार्तामा सहमति जुटेको जनाइएको छ ।