३४ वर्षपछि फरार अभियुक्त पक्राउ

रासस

आइतबार, ३० कार्तिक २०७७, ०८ : ३१
३४ वर्षपछि फरार अभियुक्त पक्राउ

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१) हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस