मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०७७, १६ : २२
मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति दिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार बिहान भएको सरोकारवालाको छलफलपछि मुस्लिम समुदायलाई कब्रस्तानमा दाहसंस्कार गर्न अनुमति दिएको हो । 

प्रशासनका अधिकारीसँगै मुस्लिम अगुवा, स्थानीय वासिन्दा र जनप्रतिनिधिबीचको छलफलपछि अनुमति दिइएको हो । स्थानीय प्रशासनले शवको अन्तिम संस्कारका लागि अनुमति दिएसँगै २ दिनदेखि घरमै रहेको शवको अन्तिम संस्कार गर्न आफुहरुले अनुमति दिएको आन्दोलन संघर्ष समिती संयोजक धनबहादुर कोलीले बताए । 

प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुले अर्को ठाउँमा कब्रस्तानका लागि जग्गा उपलब्ध गराउने र अहिलेको ठाउँमा शव व्यवस्थापन गर्न नदिने आश्वासन दिएपछि शवको अन्तिम संस्कार गर्न दिइएको उनले बताए ।

यसअघि बिहीबार कोरोना सङ्क्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । 

कोरोना संक्रमित महिलाको शवलाइ बस्ती बिचको कब्रस्तानमा गाडेपछि स्थानियहरुले कब्रस्तान बन्दको माग गर्दै गेट बाहिर तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस