रोनाल्डोले जोगाए रियललाई

शनिबार, २६ फागुन २०७४, २० : ३७
रोनाल्डोले जोगाए रियललाई

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
१–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता दिलाए पनि दोस्रो हाफमा इभान रामिसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ अग्रसर खेलको ८४ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले रियललाई थप अंक गुमाउनबाट जोगाए ।
पछिल्ला सात खेलमा रोनाल्डोले गोल गरेका छन् भने १० खेलमा उनले १७ गोल गरिसकेका छन् ।
जीतपछि रियल ५७ अंकसहित लिगको तेस्रो स्थानमा कायम रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस