विश्वकप छनोट

नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

शनिबार, २६ फागुन २०७४, १६ : ३९
नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

चितवन । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७७ रन बनाए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ औं अर्धशतक हो । ओपनर अनिल शाह ७ रनमा आउट भएपछि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी बनेपनि ज्ञानेन्द्रले ६९ बलमा २४ रन मात्र बनाए ।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३२ रन तथा आरिफले २३ रन जोडे । अघिल्लो २ खेलमा टोलीमा स्थान नपाएका करण केसी ६ रनमा आउट भए । वसन्त रेग्मी ९ रनमा नट आउट रहे ।

नेपाली ब्याट्सम्यानहरुलाई रोक्ने क्रममा मोहम्मद नावीले ४ विकेट लिए भने राशिद खानले ३ तथा शपुद जद्रानले पनि २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस