प्रधानमन्त्री र गोयलको भेटलाई सरकारले बचाउ गरेपछि रविन्द्र मिश्रको आठ प्रश्न

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १४ : २२
प्रधानमन्त्री र गोयलको भेटलाई सरकारले बचाउ गरेपछि रविन्द्र मिश्रको आठ प्रश्न

काठमाडौँ । भारतीय गुप्तचर निकाय रअ का प्रमुख सामन्तकुमार गोयलको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटलाई लिएर सरकारले ढाकछोप गरेपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आठ प्रश्न उठाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री मोदीको प्रतिनिधिका रुपमा आएको बताएका थिए ।

रअ प्रमुख गोयल गत बुधबार काठमाडौं आएका थिए । उनले सोही राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गोयल बिहीबार बिहान दिल्ली फर्किएका छन। 

संयोजक मिश्रले गोयलको भ्रमणलाई लिएर परराष्ट्रमन्त्रीलाई सोधेका ८ प्रश्न ?

१ ) भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन् भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२) युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३) नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४) नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५) भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन ? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन ?

६) भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन किन भनेको ? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७) भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८) यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

प्रतिक्रिया दिनुहोस