Safal Khabar - विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो
शनिबार, २६ फागुन २०७४, १३ : ३०
विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कप्तान पारस खड्काले टस जितेर अफगानिस्तानलाई फिल्डिङको निम्तो दिएका हुन् । शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि अहिलेसम्म अंक जोड्न सकेको छैन ।

नेपाल रहेको 'समूह बी'बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना जीवित छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।

nic asia
Yeti Diistillery

प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ । अन्यथा एकदिवसीय मान्यता पाउने सम्भावना क्षिण बन्नेछ ।

प्रतिक्रिया दिनुहोस