ई–पासपोर्टको जिम्मा फ्रान्सेली कम्पनीलाई दिइँदै

पत्रपत्रिकाबाट

विहीबार, ०६ कार्तिक २०७७, ०८ : ०३
ई–पासपोर्टको जिम्मा फ्रान्सेली कम्पनीलाई दिइँदै

काठमाडौं । तेस्रो पटकको प्रयासपछि २० लाख विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइको ठेक्का फ्रान्सेली कम्पनीले पाउने भएको छ । राहदानी विभागले बुधबार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का दिने आशयको सूचना जारी गरेको छ ।

बुधबारको सटही दरअनुसार यो रकम २ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ बराबर हुन जान्छ । सरकारले राहदानी छपाइका लागि ठेक्का दिन तीन पटकको सूचनापछि फ्रान्सेली कम्पनीले ठेक्का पाउने निश्चितप्रायः भएको हो । यसअघि पहिलो पटक नेपालमै सेक्युरिटी प्रेस स्थापना गरेर पासपोर्ट छपाइ गर्ने भन्दै ठेक्का रद्द गरिएको थियो ।

दोस्रो पटक आह्वान गरिएको ठेक्कामा सहभागी कम्पनीले हालेका कागजपत्र अपुरो रहेको भन्दै रद्द गरिएको थियो । विभागले राहदानी छपाइका लागि तेस्रो पटक असोज ८ गते २१ दिने म्याद दिँदै बोलपत्र आह्वान गरेको थियो । तेस्रो पटकको ठेक्कामा फ्रान्सेली कम्पनीसहित अमेरिकी कम्पनी एचआईडी ग्लोबल र जर्मनी कम्पनी लिबवा आईडी सर्भिस सहभागी थिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस