स्थगित भयो लोक सेवाका परीक्षा !

पत्रपत्रिकाबाट

मंगलबार, ०४ कार्तिक २०७७, ०७ : ५४
स्थगित भयो लोक सेवाका परीक्षा !

काठमाडौं । लोक सेवा आयोगले सञ्चालन हुने तयारीमा रहेका लिखित परीक्षाका सबै कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यसबाट आयोगका कर्मचारीसमेत संक्रमित भएर कामकाज प्रभावित हुन पुगेकाले परीक्षा स्थगित गरिएको आयोगले सोमबार जनाएको हो ।

परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूमा पनि संक्रमणको भय हुने तथा कर्मचारी संक्रमित भएका कारण परीक्षासँग सम्बन्धित मुख्य शाखाहरूसमेत बन्द गर्नुपरेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस