विश्वकप क्रिकेट छनोटः आज नेपाल र अफगानिस्तान भिड्दै

शनिबार, २६ फागुन २०७४, ११ : २६
विश्वकप क्रिकेट छनोटः आज नेपाल र अफगानिस्तान भिड्दै

ठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिबार अफगानिस्तानको सामना गर्ने भएको छ ।  जिम्बावेमा जारी प्रतियोगितामा नेपालले बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे अफगानिस्तानसँग खेल्न लागेको हो ।

सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ ।

नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो ।

एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस