नवनियुक्त तीन मन्त्रीहरुले लिए सपथ

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १३ : ०१
नवनियुक्त तीन मन्त्रीहरुले लिए सपथ

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन् । सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधबार उनीहरुलाई मन्त्रीमा सिफारिस गरेका थिए । राष्ट्रपतिले भण्डारीले आज बिहीबार उनीहरुलाई मन्त्री नियुक्त गरेर सपथ खुएका हुन् ।

प्रतिक्रिया दिनुहोस