क्षेत्रीय नकआट फुटवलको उपाधि एफसी लोथरलाई

विहीबार, २४ फागुन २०७४, १८ : ४६
क्षेत्रीय नकआट फुटवलको उपाधि एफसी लोथरलाई


हेटौंडा । पश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ ।
मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
माणिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेबाट सुरु भएको नकआउट फुटवल प्रतियोगितामा ४ नम्बर क्षेत्रका १० टिमको सहभागिता रहेको थियो । पहिलो हुने टिमले नगद ३० हजारका साथै ट्रफी र प्रमाणपत्र पाएको छ भने दोश्रो हुने टिमले नगद १५ हजार, ट्रफी  र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै एफसी लोथरका प्रशान्त तामाङ उत्कृष्ट डिफेन्स, सुजन स्याङबो उत्कृष्ट गोलकिपर भएभने एफसी रमन्टारका उत्कृष्ट खेलाडी रमेश लामा, धेरै गोलकर्ता सानुकप्तान गुरुङ भएका थिए । उनीहरुले नगद २र२ हजार पाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष विरेन्द्र जिम्बाको सभाध्यक्षता एवम नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवम प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, काँग्रेस मकवानपुरका जिल्ला सदस्य ईश्वरकुमार रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिबेशन प्रतिवेदन जानकी लामा, १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बा, प्रतिष्ठानका सदस्य सिंहराम ब्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बानियाँद्वारा एम्बुलेन्स दिने घोषणा
हेटौंडा, २४ फागुनरनेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले एम्बुलेन्स सहयोगको घोषणा गर्नुभएको छ ।
 काँग्रेसका पुराना नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बिहिबार बोल्दै बानियाँले माणिकलाल स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स दिने घोषणा गर्नुभएको हो ।
 बानियाँले स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँपालिकामा रहेको प्रतिष्ठानलाई एम्बुलेन्स दिने प्रतिवद्दता व्यक्त गर्नुभएको हो ।
नेता बानियाँले राक्सिराङलगाएतका विकट क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने उद्देश्यले एम्बुलेन्स सहयोग गर्न चाहेको बताउँनुभयो । प्रतिष्ठानले एम्बुलेन्स ल्याउन चाहिने कागजपत्र चाँडै तयार गरेमा बैशाखभित्रमा एम्बुलेन्स उपलब्ध गराउने बताउनुभएको हो ।
उहाँले निर्वाचनका समयमा यस क्षेत्रका जनताले आफनो आत्मादान गरेकोमा धन्यवाद दिँदै यहाँको स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगारी र विकास निर्माणको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने विश्वास दिलाउँनुभयो ।
यसअघि पनि नेता बानियाँले आफना स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका बडा नम्बर १८ हर्नामाडीमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस