नेपालद्धारा स्कटल्याण्डसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत

विहीबार, २४ फागुन २०७४, १७ : ३९
नेपालद्धारा स्कटल्याण्डसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत

काठमाडौ । आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले स्टकल्याण्डलाई १५० रनको लक्ष्य पेश गरेको छ । ४७.४ ओभरमा सबै विकेटको क्षतिमा नेपालले १४९ रन बनाएपछि स्कटल्याण्डले सामान्य चुनौति पाएको हो ।
नेपालका लागि कप्तान पारस खड्काले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे । त्यस्तै, नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले १८ रन बनाए । त्यस्तै, रोहित पौडेलले १५, युवा खेलाडी सन्दीप लामिछाने ६ रनए पनि अग्रपंतिका ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । एकपछि अर्को विकेट पतन भएको नेपालका दिलिप नाथ ४, अरिफ शेख २ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट हुँदा अनुभवि ब्याट्सम्यान शरद भेषवाकर शुन्य रनमा नै आउट भए ।

अब स्कटल्याण्डले केहिबेरमा जवाफी बयाटिङ गर्नेछ । नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।

नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो ।
 
यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो ।
 
स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।
 
समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एकरएक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।

लिस्ट एमा पारसको हजार रन पूरा
कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
 विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउँदै कप्तान पारसले सो उपलब्धि हासिल गरेका हुन् ।
लिस्ट ए क्रिकेटमा ३० खेल्दै पारसले १ हजार ५४ रन बनाउन सफल भएका छन् । यसक्रममा उनले २ शतक र ७ अर्धशतक हिर्काएका छन् ।
 
उनको औसत ३६.३४ रहेको छ । कप्तान पारसले सन् २०१४ मा युएईविरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए ।
सन् २००९ देखि उनी राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस