यस्ता छन् फाइदा पुदिना र कागतीको

एजेन्सी

आइतबार, ११ असोज २०७७, १५ : ०९
यस्ता छन् फाइदा पुदिना र कागतीको

एजेन्सी । पुदिना मूल्यवान जडिबुटी हो । यसलाई आयुर्वेदिक चिकित्सामा खास रुपमा हेरिन्छ । पुदिना एन्टि–इनफ्लामेटरी र एन्टि अक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ। यसले शरीरलाई विषाणुमुक्त बनाउन मद्दत गर्छ । पुदिना छालाको लागि पनि राम्रो मानिन्छ ।

कागतीले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । कागतीमा धेरै मात्रामा भिटामिन ‘सि’ र पोटासियम हुन्छ । यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यदि हामीले मनतातो कागती पानीको एक कपले दिन शुरुवात गर्‍यौँ भने स्वास्थ्यको लागि सुन्दर हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस