दमौली । तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले थापेको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चार÷पाँच दिन अगाडी थापेको खोरमा चितुवा नियन्त्रणमा आएको जानकारी दिए । त्यो ठाउँमा एक व्यक्तिको कुखुरा खोरमा पसेर कुखुरा मारिदिएको भन्ने गुनासो आएपछि खोर थापेको उनको भनाइ छ ।
तुलुङकोटका सन्तबहादुर तामाङको कुखुरा खोरमा छिरेर चितुवाले विगत केही समयदेखि कुखुरा मारेको थियो । गत साउन १८ र १९ गते चितुवाले कुखुराको खोरमा रहेका चार सय भन्दाबढी कुखुरा मारेको थियो ।
त्यस्तै असोज १ गते ५३०, असोज ३ गते १३० कुखुरा मारेको र ५३५ भन्दाबढी कुखुरा घाइते बनाएको तामाङले जानकारी दिए । चितुवाले दुःख दिएपछि नियन्त्रणको माग र क्षतिपूर्तिसहित तामाङले डिभिजन वन कार्यालयमा निवेदन समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु