चिउरा, दालमोठ, भुजिया, पुस्टकारी र गुँदपाकको तोकियो गुणस्तर

पत्रपत्रिकाबाट

विहीबार, ०८ असोज २०७७, ०८ : १६
चिउरा, दालमोठ, भुजिया, पुस्टकारी र गुँदपाकको तोकियो गुणस्तर

काठमाडौं । सरकारले चिउरा, दालमोठ, भुजिया, पुस्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको छ । खाद्य ऐन–०३३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुणस्तर सम्बन्धमा ०७४ माघ २२ को नेपाल राजपत्रमा प्रकाशित आदेशमा हेरफेर गरी थप पाँच खाद्य पदार्थको गुणस्तर निर्धारण गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०७७ भदौ २९ मा राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरेको छ । यी वस्तुको गुणस्तर निरीक्षण, नियमन तथा कारबाही कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो ।

 चिउरा, दालमोठ, भुजिया, पुस्टकारी र गुदपाकको गुणस्तर निर्धारण पहिलोपटक गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । कान्तिपुरमा खबर  छ ।

प्रतिक्रिया दिनुहोस