पोखरीमा माछाको चारो हाल्ने क्रममा एकै परिवारका ३ जनाको डुबेर मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, १० : ३५
पोखरीमा माछाको चारो हाल्ने क्रममा एकै परिवारका ३ जनाको डुबेर मृत्यु

विराटनगर । मोरङमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारले जानकारी दिएको छ । 

आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको ढकालको भनाइ छ । मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ ।

उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस