मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपा सचिवालय बैठकमा तीन विकल्पमाथि छलफल

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १८ : ३६
मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपा सचिवालय बैठकमा तीन विकल्पमाथि छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ । 

आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउन सकिने तीनमध्ये एक विकल्पलाई आधारविन्दुु बनाउन सकिनेमा आफ्नो धारणा राखेका हुन् ।

पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने

दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने

तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमा छलफल भएपनि निष्कर्षमा नपुगिएको  बताए ।  ‘आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको छ, तर कसलाई पठाउने र कसलाई हटाउने भन्ने मापदण्ड यही हुन्छ भन्ने भैसकेको छैन । यसमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ । 

प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिने राजनीतिक नियुक्तिका विषयमा समेत सरकारलाई निर्णय गर्न सजिलो हुनेगरी छलफल भएको जानकारी दिए । तर संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने विषयमा पनि निर्णय भैनसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस