एउटै कछुवाको मूूल्य ३५ लाख !

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ असोज २०७७, ०८ : ३७
एउटै कछुवाको मूूल्य ३५ लाख !

काठमाडौं । ‘एउटा कछुवाको मूल्य ३५ लाख रुपियाँ’ पत्यार नै नलाग्ने घटनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई समेत आश्चर्य पारेको छ । कलङ्कीस्थित मकालु पेट्रोल पम्पअगाडि दुर्लभ कछुवा बिक्रीका लागि ३५ लाखमा मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरीले पहेँलो रङको कछुवासहित पाँच जनालाई पक्राउ ग¥यो ।

पक्राउ परेकामध्ये सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का २५ वर्षीय सर्वजित बुढा मुख्य योजनाकार थिए । बुढाले नै चितवनबाट कछुवा काठमाडौँँ ल्याई ३५ लाख रुपियाँ मूल्य निर्धारण गरेका हुन् । यति चर्को मूल्यमा कछुवा खरिद गर्ने ग्राहक को हो रु अभियुक्त बुढा आफैँलाई थाहा छैन, महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनले ग्राहक खोज्न चार जना सहयोगी परिचालन गरेका थिए ।

अभियुुक्त बुढाका सहयोगी नुवाकोट बेलकोटका सुरेन्द्र श्रेष्ठ र प्रमोद बाँस्कोटा, काभ्रे नमोबुद्धका सन्तोष रम्तेल र रौतहट चपुरका रुपेश तिमिल्सिना पक्राउ परेका छन् । बुढा जडीबुटी व्यापारी भए पनि अरू विद्यार्थी हुन् ।

पहेँलो रङको कछुवा दुर्लभ भएकाले ३०÷४० लाखमा बिक्री हुन्छ । कुनै अपरिचित व्यक्तिको मुखबाट सुनेको कुरा पत्याएर अभियुक्त बुढाले सो कछुवा चितवनबाट खोजेर ३५ लाखमा बिक्री गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस