काठमाडौँ । उपत्यका सहित देशभर आज बिहीबारबाट होटल र रेस्टुराँसहित, व्यापार–व्यवसाय र यातायात सञ्चालनमा आएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै खालका उद्योग–व्यवसाय चलाउन दिने भएका हुन् ।
०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटलररेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए । तर उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण बढेपछि प्रशासनले अत्यावश्यकबाहेकका सेवामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । भदौ २४ गतेबाट व्यापार–व्यवसाय सर्तसहित सञ्चालन अनुमति दिइएको थियो । होटलररेस्टुराँलाई भने टेक–अवे र होम डेलिभरी सेवा सञ्चालन गर्न मात्रै आदेश दिइएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्बाट भएका निर्णयसँग नबाझिने गरी निषेधाज्ञाको मोडालिटीमा हेरफेर गरिएको बताए । निषेधाज्ञाको नयाँ ढाँचा सार्वजनिक गर्नुअघि प्रजिअहरू काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग छलफल गरेका थिए । ‘बिहीबारबाट आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर होटलररेस्टुराँलगायत सबै व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञाको स्वरूप परिवर्तन गरेका छौं,’ प्रजिअ दाहालले भने ।
‘जात्रा, जुलुस, विरोधसभा, भेला, धार्मिक गतिविधि, शैक्षिक संस्था, सिनेमा हल, सैलुन, ब्युटीपार्लर, जिमखाना, अन्य समूहगत खेललगायत क्षेत्रलाई अर्को आदेश नभएसम्म निषेध नै गरिएको छ,’ उनले भने । मन्त्रिपरिषदले भदौ १ मा संक्रमणको जोखिम भएका स्थानमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सबै निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई प्रत्यायोजन गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति
चितवनको पहाडी क्षेत्र मायाँटारमा यातायात पुगेपछि जीविको पार्जनमा सहज