सिन्धुपाल्चोकमा ३ महिनामा २५ बाढीपहिरो

पत्रपत्रिकाबाट

सोमबार, २९ भदौ २०७७, ०७ : ३३
सिन्धुपाल्चोकमा ३ महिनामा २५ बाढीपहिरो

काठमाडौँ । मनसुन सुरु भएयताका तीन महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । भूगोलविद् नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोकमा यो वर्ष पहिरो निम्तिएका सबै स्थान भूकम्पले हल्लाएकै क्षेत्रभित्र पर्छन् ।

शनिबार पहिरो गएको बाह्रबिसेको घुम्थाङ जिल्लामै सबैभन्दा बढी वर्षा हुने क्षेत्र हो । त्यसैले घुम्थाङलाई लुम्ले पनि भन्ने गरिन्छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् खनालले घुम्थाङमा २०७२ सालको भूकम्पका बेला पनि स–साना धेरै पहिरो गएको बताए ।

‘भूकम्पले हल्लाएर कमजोर बनेको भूभागमा भारी वर्षापछि पहिरो निम्तिएको देखिन्छ,’ भूकम्पपछि सिन्धुपाल्चोकका धेरै क्षेत्रको स्थलगत अध्ययन गरेका खनालले कान्तिपुरसँग भने । इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालका अनुसार सिन्धुपाल्चोकको भौगर्भिक संरचना कमजोर छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस