एजेन्सी । इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
वेम्बली रंगशालामा शनिबार राति भएको खेलमा आर्सनलका पियर एमरिकले लागि निर्धारित समयमा एक सुन्दर गोल गरे भने टाइब्रेकरमा विजयी पेनाल्टी गोल गरेर टिमलाई जित दिलाए ।
१२ औँ मिनेटमा साकाको सहयोगमा एमरिकले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । बराबरीपछि पेनाल्टीमा एफए कप विजेता आर्सनलले ५–४ को जित दर्ता गरेको हो ।
लिभरपुलले लगातार दोस्रो वर्ष पेनाल्टीमा एफए कम्युनिटी शिल्ड गुमाएको हो । गएको वर्ष लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ भदौ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा