नेपालीको संस्थालाई अमेरिकामा विशेष सम्मान

बुधबार, १५ कार्तिक २०७४, २० : ०२
नेपालीको संस्थालाई अमेरिकामा विशेष सम्मान

एक नेपालीले सञ्चालन गरेको सामाजिक संस्थालाई अमेरिकाको टेक्सस राज्यस्थित डालस सहरमा संस्थाको सामाजिक क्रियाकलापका कारण एक विशेष सम्मान गरिएको छ।

‘हेल्प फर देस्परेटली एण्ड निडी पिपुल  एचडीएनएनपी) इन्टरनेसनल नामक सो संस्थालाई गरिबी र भोकमारीका विरुद्ध विगत ८ वर्षदेखि अमेरिकालाई आधार मानेर सामाजिक सेवा गरेकोमा ‘बियोङ्ड द बाउन्द्रिज’ विधामा  सम्मान गर्दै टेक्सस राज्यका गभर्नर ग्रेग एबोटले प्रशंसा पत्र प्रदान गरेका थिए।

ग्रेटर डालस एसियन च्याम्बर अफ कमर्सको आयोजनामा सम्पन्न एक विशेष समरोहमा संस्थाका तर्फबाट सम्मान पत्र ग्रहण गर्दै संस्थाका सभापति देवी आचार्यले आफू यो सम्मानले थप हौषित भएको र आगामी दिनमा सामाजिक क्रियाकलापमा अझ बढी सक्रियरुपमा लाग्ने बताए।

 

प्रतिक्रिया दिनुहोस