कोरोना संक्रमित महिलाले जन्माइन शिशु

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, २० : ३८
कोरोना संक्रमित महिलाले जन्माइन शिशु

काठमाडौं । कोरोनाभाइरस संक्रमण पुष्टि भइ उपचार गराइरहेका एक गर्भवती महिलाले शिशुको जन्म दिएकी छिन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी २० वर्षीया महिलाले सोमबार शिशुलाई जन्म दिएकी हुन् । 

ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् । संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २.८ किलो रहेको छ भने आमा र बच्ची दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थाका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए । 

डा सूर्य प्रसाद रिमालको निगरानीमा डा मुकेश, डा हिमाल र नर्स सिरिनको टोलीले डेलिभरी गराएको हो।

प्रतिक्रिया दिनुहोस