नेपालविरुद्ध जिम्बाब्वेले कटायो ३६५ रन

आइतबार, २० फागुन २०७४, १६ : ५५
नेपालविरुद्ध जिम्बाब्वेले कटायो ३६५ रन

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले अहिले आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गरिरहेको छ  ।

बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको जिम्बाबेले उत्कृष्ट ब्याटिङ्ग गरिरहेको छ ।  उत्कृष्ट ब्याटिङ्ग गरिरहेका जिम्बाबेका मध्येक्रमको दुई ब्याट्सम्यानद्वय सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक पुरा गरेका छन् ।

नेपालबिरुद्ध विस्फोटक ब्याटिङ गरेका राजाले ५९ बलमा ६ चौका ६ छक्का प्रहार गर्दै १ सय रन पुरा गरे । यस्तै टेलरले ९० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै १ सय रन बनाए । दुवैले पाँचौ विकेटको लागि १५० रनको साझेदारी गरे ।

राजा र टेलरको शतकसँगै जिम्बाबेले ४८ ओभरको समाप्तिमा ३६५ रन बनाएको छ । नेपालका  बसन्त रेग्मीले २ विकेट लिए भने सन्दिप लामिछाने र डेब्यु खेलाडी ललित नारायण राजवंशीले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस