सिन्धुपाल्चोक पहिरो : थप ५ जनाको शव फेला, मृतकको संख्या १६ पुग्यो

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १५ : २१
सिन्धुपाल्चोक पहिरो : थप ५ जनाको शव फेला, मृतकको संख्या १६ पुग्यो

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप पाँच जनाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाइ दोङ, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया बिमला दोङ र सात महिनाका बालक करिब दोङको शव फेला परेको हो ।

उनीहरुको शव कानुनी प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार ११ जनाको शव फेला पारेको थियो । उनीहरुको शव अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाइसकेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएका ३९ जनामध्ये १६ जनाको शव भेटिएको छ। अन्यको खोजी कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस