म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

बुधबार, १५ कार्तिक २०७४, १९ : ५८
म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित


म्यानचेस्टर युनाइटेड चार वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको नकआउट चरण प्रवेश गर्न लागेको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा समूह ‘ए’ मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराउँदै अन्तिम १६ को नजिक पुगेको हो।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे। यस्तै बेन्फिकाका माइल स्वीलरले आत्मघाती गोल गरेका थिए। स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो। ७८ औं मिनेटमा ब्लिण्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो।

युनाइटेड चार वर्ष अघि मात्र च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको थियो । अहिलेसम्म भएका सबै चार खेलमा जितेको युनाइटेड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ। समूह ‘ए’ अन्तर्गतकै खेलमा सिएसकेए मस्कोले एफसी बासेललाई २–१ ले हरायो। पराजित भएपनि बासेल दोस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको बासेलको ६ अंक छ ।

प्रतिक्रिया दिनुहोस