CG Landmark

विवादास्पद नियुक्ति खारेज गर्न टिआई नेपालको माग

रासस

सोमबार, २६ साउन २०७७, २० : २२
विवादास्पद नियुक्ति खारेज गर्न टिआई नेपालको माग

file-photo

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ । टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आज विज्ञप्ति जारी गरी विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले संस्थाको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो ।

“विश्वभरिका लगानीकर्ताको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्तिको छनोट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा नागरिकस्तरमा आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो”, विज्ञप्तिमा भनिएको छ ।

Yeti Diistillery Tansen Cement box