तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

पत्रपत्रिकाबाट

सोमबार, १२ साउन २०७७, ०८ : ०१
तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

काठमाडौं । सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ ।

यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा गुणस्तरमा समस्या नहोस् भन्नका लागि सरकारले एनएस चिह्न अनिवार्य गरेको हो ।

गत साताको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि यी उत्पादक उद्योगले एनएस चिह्न लिने व्यवस्था भए पनि अनिवार्य वा बाध्यकारी व्यवस्था गरिएको थिएन । त्यसैले यी र यस्ता वस्तु उत्पादन गर्ने थोरै उद्योगले मात्रै एनएस चिह्न लिएका छन् ।

नेपाल गुणस्तर प्रमाणपत्र चिह्न प्रमाणित गर्ने काम नेपाल नापतौल तथा गुणस्तर विभागले गर्दै आएको छ । सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सरकारको नयाँ निर्णयअनुसार राजपत्रमा छापिएर आएपछि यी वस्तुलाई अनिवार्य रूपमा एनएस चिह्न दिने प्रक्रिया सुरु हुने बताए । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस