सुशान्तकी पूर्वप्रेमिका अंकिताले कंगनासँग भनेकी थिइन् : बलिउडमा अपमान सहन नसकेर सुशान्त पीडामा छन्

एजेन्सी

शनिबार, १० साउन २०७७, १५ : ५९
सुशान्तकी पूर्वप्रेमिका अंकिताले कंगनासँग भनेकी थिइन् : बलिउडमा अपमान सहन नसकेर सुशान्त पीडामा छन्

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् । 

एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई उद्धृत गर्दै सुशान्तले बलिउडमा निकै अपमान भोग्न परेको बताएकी छिन् । 

उनले सुशान्तले बलिउडमा सञ्चार माध्यमको नकारात्मक भूमिका र व्यवसायिक एक्लोपन (प्रोफेशनल आइसोलेसन) को समेत भोग्नुपरेको कंगनाले खुलाएकी छिन् । 

‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा एकसाथ काम गरेका कंगना र अंकिताले सुशान्तको बारेमा कुराकानी गरेका थिए । अंकिताले सुशान्तले बलिउडमा निकै अपमान भोग्नुपरेको र त्यस्तो अपमान सहन नसकेर पीडामा भएको समेत बताएकी थिइन् । सुशान्तले अडिशन नै अडिशन दिएका थिए भने रिजेक्शन पनि उत्तिकै भोगेका थिए । 

यति हुँदाहुँदै पनि सुशान्तले आफूलाई संघर्षको मैदानमा लडिरहेका थिए र आफूलाई सुपरस्टार बनाएका थिए । तर पनि उनी बलिउडको अपमानका कारण निकै दुखी भएको कंगनाले उल्लेख गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस